Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यूएईका राष्ट्रपतिको निधनमा प्रधानमन्त्री देउवाले शोक व्यक्त गर्दै भने, ‘नेपालले असल मित्र गुमायो’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

दिर्घरोगबाट पीडित शेखको ७३ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

शेख खलिफा बिनको निधनमा शोक व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपालले एक असल मित्र गुमाएको उल्लेख गरेका छन्।

देउवाले ट्वींट गर्दै भनेका छन्, ‘उहाँ एक महान राजनेता, दूरदर्शी नेता र नेपालको महान मित्र हुनुहुन्थ्यो। यूएईका जनता र सरकारप्रति हाम्रो हार्दिक समवेदना छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077