Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काभ्रेको पाँचखाल नगरपालिका–१३ मा जेठ ३ गते निर्वाचन

    काभ्रेको पाँचखाल नगरपालिका–१३ मा जेठ ३ गते निर्वाचन

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.9K
    SHARES

    काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ मा आगामी जेठ ३ गते निर्वाचन हुने भएको छ । वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने तय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने तय भएके जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए ।



    काभ्रेको पाँचखाल १३ मा सत्तारूढ दलका कार्यकर्ताहरूले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको थियो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेर मतदानस्थल नै तहसनहस बनाएका थिए ।



    मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना सार्वजनिक गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार