Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप, १२ राउण्ड हावाई फायर

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकाको मतदान केन्द्र धुलाचौरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप हुँदा प्रहरीले हावाई फयर गरेको छ।

हिजो भएको स्थानीय तहको निर्वाचनपछि मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा सिल भाँचिएको विषयमा विवाद हुँदा दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मतपेटीकामा लगाएको तीन सिलमध्ये दुई सिल निस्किएको अवस्थामा देखेपछि एमालेका कार्यकर्ताले सिल निकालेको बारेमा छानबिन हुनुपर्ने भन्दै कार्यालयमा तोडफोड गर्न थालेपछि कांग्रेसका कार्यकर्ताले ढुंगा मुडा प्रहार गरेको प्रहरीले जनाएको छ ।

दुई पार्टीका कार्यकर्ताबीचको स्थिति असामान्य बन्दै गएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जनाएको छ। विवादले उग्ररूप लिएपछि नेपाल प्रहरीले १२ राउण्ड हावाई फायर गरेको जनाएको छ। अहिले स्थिति सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077