Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३६५ दिन नै खुल्छ एनआईसी एशिया बैंक

काठमाडौं । नेपाल सरकारले भोली अर्थात जेठ १ गतेबाट सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । अहिलेसम्म सातामा एक दिन शनिबार मात्रै सार्वजनिक विदा हुँदै आएकोमा अब जेठ १ गतेदेखि भने शनिबार र आईतबार दुई दिन विदा हुने भएको छ ।

कोरोनापछि सार्वजनिक विदाका दिन अधिकांश बैंक तथा वित्तिय संस्थाहरुमा पनि विदा हुँर्दै आएको छ । तर, नेपालकै सबैभन्दा ठूलो र विश्वाशिलो बैंक बन्न सफल एनआईसी एशियाले भने विदाको दिनमा पनि सेवा प्रदान गरिरहेको छ ।

शुक्रबार नै एनआईसी एशिया बैंकले एक सूचना जारी गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको शनिबार र आइतबार मात्रै नभई अन्य बिदाको दिनमा पनि सेवा प्रदान गर्ने जानकारी गराएको छ ।

एनआईसी एशिया बैंकले ३६५ दिन नै सेवा प्रदान गर्ने जनाएको हो । बैंकद्वारा जारी सूचनामा भनिएको छ–‘एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना सेवाग्राहीहरुको बैंकिङ्ग सेवा–सुविधा सम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै मिति २०७९ ज्येष्ठ १ गतेबाट शनिबार, आइतबार तथा अन्य सार्वजनिक विदाहरुमा पनि निम्न बमोजिम शाखाहरुबाट बैंकिङ्ग कारोबार उपलब्ध गराउने व्यहोरा सादर जानकारी गराउँदछौँ ।’

बैैंकले बिदाको दिन बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बैंकिङ्ग सेवा उपलब्ध हुने पनि जनाएको छ ।

३६५ दिन नै (हरेक शनिबार, आईतबार र अन्य विदाका दिनहरु समेत) बैंकिङ्ग सेवा तथा होलिडे बैंकिङ्ग सेवा उपलब्ध रहने शाखाहरुको जानकारीका लागि यो लिंक क्लिक गर्न पनि बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077