Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मायादेवी मन्दिरमा पूजापछि देउवा–मोदीले गरे बिहार शिलान्यास

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा छन् ।

साेही क्रममा दुई मुलुकका प्रधानमन्त्रीले भेटको क्रममा संयुक्त रुपमा विश्व शान्तिको कामना गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदी मायादेवी मन्दिरमा पूजाका लागि प्रस्थान गरेका थिए ।

मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले एकैसाथ शान्ति पूजा गरेका थिए । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिर परिसरमा हुर्किरहेको बोधी बृक्षमा जल सिञ्चन गरेका थिए ।

मायादेवीमा पूजापछि दुवै प्रधानमन्त्री लुम्बिनीको पश्चिमी बिहार क्षेत्रमा भारतीय संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फिडेरेशन (आईबीसी) बिहारस्थल पुगेका थिए । त्यहाँ दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उक्त बिहारको शिलान्यास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077