Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मोदीको लुम्बिनी भ्रमणले चीनसँगको नेपालको व्यापारिक सम्बन्धमा कैँची लगाउन सक्ने भारतीय संचारमाध्यमको दाबी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा छन् । सोमबार बुद्ध पूर्णिमाको अवसरमा प्रधानमन्त्री मोदी नेपालको लुम्बिनी भ्रमणमा आएका हुन ।

लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल भनिन्छ र यस अवसरमा प्रधानमन्त्री मोदीले भारत–नेपाल मित्रतालाई आध्यात्मिक कोणबाट बलियो बनाउने प्रयास गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । यही कारणले गर्दा लुम्बनीलाई नेपाल र भारतबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धको केन्द्र मानिन्छ ।

मोदीको यो नेपाल भ्रमण चीनका लागि निकै घिनलाग्दो देखिन्छ । एकातिर प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारत–नेपाल सम्बन्धलाई सुमधुर बनाउने प्रयास गरिएको छ भने अर्कोतर्फ यो भ्रमणबाट चीनलाई कूटनीतिक जवाफ पनि दिइएको भारतीय संचारमाध्यले दाबी गरेको छ

विगत केही वर्षदेखि चीनले ८ अर्ब डलरको सहयोगमा दक्षिणी तिब्बतदेखि नेपालको राजधानी काठमाडौंसम्म अन्तरदेशीय रेलमार्ग निर्माण गर्न चाहेको छ ।

यसबाहेक लुम्बिनी आयोजनाअन्तर्गत चीनले नेपालमा सडक, रेलमार्ग र विमानस्थलको काम गरिरहेको भए पनि भारतको यो भ्रमणले चीनसँगको नेपालको धेरै व्यापारिक सम्बन्धमा कैँची लगाउन सक्छ ।

लुम्बिनीको मायादेवी मन्दिरमा नेपालला प्रधानमन्त्री शेरवहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैसाथ शान्ति पूजा गरेका थिए ।  मोदीले मायादेवी मन्दिर परिसरमा हुर्किरहेको बोधी बृक्षमा जल सिञ्चन गरेका थिए ।

मायादेवीमा पूजापछि दुवै प्रधानमन्त्री लुम्बिनीको पश्चिमी बिहार क्षेत्रमा भारतीय संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फिडेरेशन (आईबीसी) बिहारस्थल पुगेका थिए । त्यहाँ दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उक्त बिहारको शिलान्यास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077