Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा बालेनको अग्रता कायमै, ४५ सय मतान्तरले पछाडि केशव

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाको परिणाम अनुसार शाहले ९ हजार ६ सय ५ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ४ मत ल्याएर पछ्याइरहेका छन्। उनी शाहभन्दा करिब ४५ सय मत अन्तरले पछि छन्।

बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् । तेस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याइन् ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077