Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जेठ ४ र ५ गते प्रस्तावित विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेका छन् ।

संघीय संसदमा प्रस्तावित विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकताको सम्बन्धमा जेठ ४ र ५ गते छलफल हुने भएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावित विधेयकमाथि जेठ ४ र ५ गते छलफल हुने जानकारी दिए ।

अर्थमन्त्री शर्माले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिनुका साथै करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुलुकलाई उत्पादनमुखी अर्थतन्त्रमा लाने बजेटको सिद्धान्त तथा प्राथमिकता रहेको प्रस्ताव पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077