Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हारकाे जिम्मेवारी लिँदै लोसपाका केन्द्रीय सदस्यले दिए राजीनामा

सप्तरी । लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

लाेसपाका केन्द्रीय सदस्य मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहाेरेपछि त्यसकाे नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका हुन् ।

'राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिकजिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजीनामा दिने घोषणा गर्छु', उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।

वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन सकिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077