Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा बालेको अग्रता कायमै, स्थापित ८ हजार ११५ र सिंह ९ हजार ९० मतले पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयमाम स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले प्रतिद्वन्द्वीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो अपडेट अनुसकार बालेन अहिले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा आथ हजार ८,११५ मतले अगाडि छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेनले १७ हजार ३१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् ।

सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन शाहभन्दा ९ हजार ९० मतले पछाडि छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077