Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : कोलकातालाई २ रनले हराउँदै लखनउ 'प्ले अफ' मा प्रवेश

एजेन्सी । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । मुम्बईमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ प्ले अफमा पुगेको हो ।

लखनउले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउन सक्यो ।

जितसँगै लखनउ दोस्रो स्थानमा उक्लिएको छ । लखनउ प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स प्ले अफमा पुगिसकेको छ ।

लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली पनि हुन् । लखनउले १४ खेलमा १८ अंक जोडेको छ । समान खेलमा कोलकाता १२ अङ्कका साथ छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077