Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगर : बालेन शाहको अग्रता अझै फराकिलो, स्थापित १० हजार १०८ मतले पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ ।

महानगरको पछिल्लो मत परिणामअनुसार ५५ हजार ७९२ मत गन्दा बालेनले २१ हजार ३२४ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार २१६ मत प्राप्त गरे । स्थापित शाहभन्दा १० हजार १०८ मतले पछाडि छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३६२ मत ल्याइन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उनले अहिलेसम्म २० हजारभन्दा धेरै मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077