Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पाँच दलीय गठबन्धनमा इमान्दारिता देखिएन सांसद चौधरी

    पाँच दलीय गठबन्धनमा इमान्दारिता देखिएन सांसद चौधरी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका हुन् ।



    उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए ।



    निर्वाचन मत परिणामबाट आफूहरु सन्तुष्ट हुन नसकेको उनले बताए ।

    सांसद चौधरीले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरुसँग अगाडी जान नसकिने उनले बताए ।

    उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)काबीचमा मात्रै गठबन्धन भएको जिकिर गरे । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनले बताए ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार