Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति

    आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आज शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

    वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ।



    कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ।



    सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजारौंको भीड हटेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार