Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नक्कली श्रम स्वीकृति बोकेका दुई नेपाली महिला मुम्बई विमानस्थलबाट पक्राउ

    नक्कली श्रम स्वीकृति बोकेका दुई नेपाली महिला मुम्बई विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा दुई महिलासहित आठ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

    मुम्बई हुँदै कुवेत र यूएई जना लागेका उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।



    उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका थिए । पक्राउ पर्ने दुई महिलामा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगी रहेका छन् ।



    अध्यागमनका अधिकारीहरूलाई शङ्का लागेर उनीहरूको दस्ताबेज जाँच गरिएको थियो । उनीहरूको साथमा रहेको दस्ताबेजबारे नेपालको श्रम मन्त्रालयसँग बुझ्दा मन्त्रालयले ईमेलमार्फत ती दस्ताबेज नक्कली रहेको जवाफ पठाएको थियो ।

    त्यस्तै, नक्कली श्रम स्वीकृतिसहित गत डिसेम्बर २० मा मुम्बई विमानस्थलबाट ६ जना नेपाली पक्राउ परेका थिए ।

    पक्राउ पर्नेमा ३० वर्षीय राजकुमार तामाङ, १९ वर्षीय रुपल खड्का, २० वर्षीय अरुण खड्का, १९ वर्षीय करण बोहरा, २० वर्षीय सुजन बोहरा र २८ वर्षीय दीपेश लामिछाने रहेका छन् ।

    उनीहरूको श्रम स्वीकृतिमा नाम र मिति गल्ती पाइएपछि पुनः जाँच गर्दा नक्कली पाइएको मुम्बई प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार