Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नौ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने साढे पाँच लाख

    नौ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने साढे पाँच लाख

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 252
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।



    चालु आवको नौ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार चालु आवको नौ महिनामा पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख ३७ हजार ९८१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।



    अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।

    अघिल्लो महिनासम्म नेपाली श्रमिकको तेस्रो श्रम गन्तव्य रहेको साउदी अरब चैत महिनामा तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ । यस अवधिमा साउदी अरबका लागि एक लाख पाँच हजार ५७० वजन श्रम स्वीकृति लिएका छन् । अघिल्लो महिनासम्म दोस्रो श्रम गन्तव्य देश रहेको कतार चैत महिनाको तथ्याङ्कले तेस्रो श्रम गन्तव्य बनेको छ ।

    पछिल्ला दुई वर्ष नेपालीको पहिलो श्रम गन्तव्य बनेको देश मलेसिया चौथो श्रम गन्तव्यमा मलेसिया परेको छ । यस्तै यस अवधिमा दक्षिण कोरियाका लागि १० हजार २०९ जनाले श्रम स्वीकृति लिएका छन्। गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार