Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल, राजनीतिक रूपमा निकै सफल : सिटौला

    व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल, राजनीतिक रूपमा निकै सफल : सिटौला

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनावी व्यवस्थापन पक्ष कमजोर रहँदा पनि कांग्रेसलाई प्राप्त नतिजा उपलब्धिमूलक भएको बताएका छन् ।

    उनले एजेन्डा थाहै नपाई जनताले कांग्रेसलाई उत्साहजनक मत दिएको टिप्पणी गरे । पाँचदलीय गठबन्धन राजनीतिक रुपमा सफल भएको उनको विश्लेषण छ ।



    ‘व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल । तर, राजनीतिक रूपमा निकै सफल भएको छ’ उनले भने,‘गठबन्धनले कांग्रेसलाई मात्र होइन सबै पार्टीलाई फाइदा पुगेको छ ।’



    नेकपा एकीकृत समाजवादीको तल्लो तहसम्म संगठन नै नभएकाले आशातित सफलता प्राप्त हुन नसकेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार