Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, केशव र सिर्जनाबीच कडा टक्कर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ८४ हजार ७९१ मतगणना हुँदा शाहले ३१ हजार ४५९ मत प्राप्त गरेका छन् ।

एमालेका केशव स्थापित १६ हजार ६९१ मत ल्याएर बालेनलाई पछ्याइरहेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले १६ हजार ४८२ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ गरी दश वडाको मतगणना सम्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077