Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इटहरी उपमहानगरको मेयरमा कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

    इटहरी उपमहानगरको मेयरमा कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।

    पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले हराएका हुन् ।



    निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याए ।



    यस्तै उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छन् । चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भइन् ।

    चौधरीले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन्। विष्टले १८ हजार ३१ मत मात्र ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार