Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेटवर्किङ धन्दा गरेको भन्दै इटहरी उपमहानगरले लगायो तीन कम्पनीमा ताला

    नेटवर्किङ धन्दा गरेको भन्दै इटहरी उपमहानगरले लगायो तीन कम्पनीमा ताला

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 645
    SHARES

    सुनसरी । अवैध नेटवर्किङ कम्पनी चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीमा ताला लगाएको छ ।

    उपमहानगरमा कार्यालय खोलेर नेटवर्किङ धन्दा चलाएका ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो ।



    ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले गरिरहेको पाइएकाले तालाबन्दी गरिएको उपमहानगरपालिकाले जनाएको छ ।



    जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउँदै रकम लिने गरिएको र सदस्य बनाएवापत औषधि छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको पाइएको नगरपालिकाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार