Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालको अर्थतन्त्रको ‘डाइरेक्सन’ त्यति पोजिटिभ नभएको गभर्नरको भनाई

    नेपालको अर्थतन्त्रको ‘डाइरेक्सन’ त्यति पोजिटिभ नभएको गभर्नरको भनाई

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको ‘डाइरेक्सन’ त्यति पोजिटिभ नभएको बताएका छन् ।

    आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक स्थायित्व विषयक बहसमा बोल्दै उनले अर्थतन्त्रको डाइरेक्सन त्यति पोजिटिभ नभएको भन्दै सर्तक भएर काम गर्नुपर्ने बताएका हुन् ।



    सबै क्षेत्र सजग भएर अगाडि बढे अन्यत्रको जस्तो समस्यामा पर्ने अवस्था भने नरहेको उनले स्पस्ट पारे । उनले शोधनान्तर घाटा यही अवस्थामा रहँदासम्म बैंकिङ प्रणालीमा तरलता सहज नहुने पनि बताए ।



    गभर्नर अधिकारीले आयातको माध्यमबाट तरलेता बाहिरिनु नै तरलता समस्याको प्रमुख कारण भएको उल्लेख गरे । “आन्तरिक कर्जा विस्तार भएर तरलतामा खासै समस्या आउँदैन । समस्या ठूलो स्रोत आयातको लागि बाहिर जानु हो,” उनले भने, “जहिलेसम्म्म भुक्तानी सन्तुलन यसैगरी घाटामा रहन्छ, तबसम्म समस्या रहन्छ । आयातको रेमिट्यान्सले ४० प्रतिशत धान्ने अवस्था रहँदासम्म समस्या रहन्छ । यो समस्याको समाधान हामी सबैले गर्ने हो ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार