Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुक्तिनाथ दर्शनका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो ।

मौसममा सुधार आएपछि हेलिकोप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077