Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कुटपिट गरी हत्या पश्चात शव खोलामा फाल्ने दुई जना पक्राउ

काठमाडौँ । कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठोकर कान्छा भन्ने ४५ वर्पीष कान्छामान ठोकर र ४० वर्षीय गायत्री नगरकोटी रहेका छन् ।

नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा जिल्ला सिन्धुपाल्चोक जुगल घर भएका जीवन भन्ने लामा तामाङको उनीहरुले हत्या गरेका थिए ।

हत्या गरी उनीहरु लामो समयदेखि फरार रहँदै आएका थिए । सोही क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077