Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपा नेपालले असारमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन गर्ने, आयोगसँग गाई चुनाव चिह्न माग्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ ।

थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको हो ।

बैठकले हिन्दू राष्ट्र पुनर्स्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन गर्ने निर्णयसमेत गरेको छ ।

पार्टीले ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैयाँ नगद सहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने निर्णयसमेत राप्रपाले गरेको छ ।

बैठकले छोटो समयमै पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको अत्याधिक मूल्यवृद्धिको विरोध गरेको छ। पेट्रोलियम पदार्थको करमा छुट दिएर भए पनि अनियन्त्रित मूल्यवृद्धि तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077