Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र करमा पुनर्विचार गर्न सरकारसँग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । श्रृंखलाबद्ध रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिन माग गरेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ती जारी गर्दै श्रृङ्खलावद्ध भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भएको बताए । उनले सरकारको हचुवा, अदुरदर्शी कदमबाट आम उपभोक्ता नराम्रोसँग मारमा परिरहेका उल्लेख गरेका छन् ।

'राप्रपा पटकपटक भइरहेको मूल्यवृद्धिको विरोध गर्दछ साथै उपभोक्ताको हित विपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ,'पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको पुनर्विचार गरी मूल्य नियन्त्रण गर्न र विद्युत उत्पादन, खपत र वैकल्पिक उर्जाको आवश्यक कार्ययोजना ल्याउन राप्रपा सरकारसँग माग गर्दछ ।'

यस्तै पेट्रोलियम पदार्थमा राज्यले लिइरहेको करमा पुनर्विचार गर्न पनि राप्रपाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077