Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

माटोको इँटालाई सुन भन्दै बेच्न खोज्ने ५ जना पक्राउ

काठमाडौं । प्रहरीले दाङको तुलसीपुरमा इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका– ६ खाँग्रा नाकाका राजकुमार बुढा, प्रकाश खड्का, दार्जुला व्यास–२ का सुरेन्द्रसिंह धामी, सल्यान शारदा नगरपालिका–१ की सावित्रा बुढाथोकी र सोही जिल्लाको कुमाख गाउँपालिका–१ की गीता बुढा रहेका छन् ।

आइतबार राति ९ बजे तुलसीपुरको एकान्त होटलमा दुई वटा इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट दुई वटा इँटाको टुक्रा, हरियो रंगको जेब्रा झोला र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डीएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् ।

उनीहरू​माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077