Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा छलफल गर्न एमाले र राप्रपाका सांसदको माग

काठमाडौं । सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा छलफलका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

एमालेका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईको प्रस्तावमा राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनसहित यज्ञराज सुनुवार र गणेशकुमार पहाडी समर्थक छन्।

सांसदहरूले १० दिनमा दुई पटक मूल्यवृद्धि गरेकोमा विरोध जनाएका छन्।

'पेट्रोलियम पदार्थको मूल्य स्वचालिक मूल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरूद्ध गएर गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्नु प्रस्तावमार्फत् सरकारसँग माग गरिएको छ।

'मूल्यवृद्धिका कारण हुँदा खाने वर्गको जनजीवन सहज बनाउन सरकारले के कस्तो योजना लिएको छु, प्रस्तावमा सरकारलाई सोधिएको छ, 'सरकारले अब मूल्यवृद्धि नगर्नका लागि के कस्तो पहल लिएको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077