Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतले गहुँपछि चिनीको निर्यातमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ।

आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो।

घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ।

सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ।

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् ।

केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077