Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिदेश पठाई दिन्छु भन्दै २५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । काठमाडौंमा 'टिपिकल क्लोथिङ् एण्ड क्राफ्ट स्टोर' नामक व्यवसायिक कम्पनी दर्ता गरी बिदेश पठाई दिन्छु भनि ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भई टोखा नगरपालिका-८ बस्ने सुजनराज पाण्डे पक्राउ परेका हुन् ।

यूरोपको जुनसुकै देशमा गएर व्यापार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत बनाई उनले २५ लाख ठगी गरेको भन्ने पिडितको निबेदन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भएको थियो ।

सोही आधारमा कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मंगलबार पाण्डेलाई बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077