Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।



    गएराति ८ बजेतिर एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



    प्रहरीका अनुसार गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बाह्रबिसेमा मृत्यु भएको हो । एम्बुलेन्सका चालक भागेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार