Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिरामी लिन हुँइकेको एम्बुलेन्स बिजुलीको पोलमा ठोक्कियो, चालक फरार

    बिरामी लिन हुँइकेको एम्बुलेन्स बिजुलीको पोलमा ठोक्कियो, चालक फरार

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.5K
    SHARES

    गाेरखा । जिल्ला अस्पताल गाेरखाको एम्बुलेन्स दुर्घटनामा परेकाे छ ।

    मंगलबार बिहान ठुलो आगनबाट सतिपिपलतर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।



    एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएको हो ।



    दुर्घटनापछि चालक फरार रहेको र मानबिय क्षति भने केही नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार