Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

राहदानी विभाग आइतबार पनि खुल्‍ने

काठमाडौँ । राहदानी विभागले सार्वजनिक बिदाको दिन (आइतबार) पनि सेवा प्रवाह गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उल्लेख गरेकाले १५ गतेबाट नियमित रुपमा खुल्ने भएको हो ।

विभागका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागेको हो । अर्को व्यवस्था नभएसम्म आइतबार १० देखि ४ बजेसम्म खुल्ने भएको हो ।

त्यस्तै विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077