Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कोरला सडकको निरीक्षणमा मन्त्री लम्साल

कोरला सडकको निरीक्षणमा मन्त्री लम्साल

शनिवार , आषाढ २०, २०८३

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल त्यहाँ पुगेका छन् । 

शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुगेका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, मन्त्रालयका उच्च अधिकारी तथा विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी छन् ।

कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले उनीहरू पुगेका हुन् । 

त्यस अवसरमा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम-कोरला सडकमा आवश्यक पर्ने पूर्वाधार निर्माणलगायतका विषयमा छलफल भएको छ । छलफलमा मन्त्री लम्सालले कोरला सडकखण्डमा पर्ने पाँच वटा सडक पुल निर्माणलाई ठेक्का प्रक्रियामा लैजान निर्देशन दिएका छन् । 

5.jpg

आयोजना प्रमुख शर्माले जोमसोम–कागबेनी सडकको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडकखण्डमा भइरहेको कालोपत्र निर्माणको प्रगतिबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

सोही क्रममा मन्त्री लम्सालसहितको टोलीले आयोजना क्षेत्रका विभिन्न स्थानमा पुगेर सडक, पुल तथा अन्य पूर्वाधारको अवस्थाबारे स्थलगत जानकारी लिएको छ। स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुल तथा अन्य संरचनामा प्रत्येक वर्ष क्षति पुग्ने जोखिम रहेको भन्दै दीर्घकालीन संरक्षणका उपाय अपनाउन आग्रह गरेका छन्।

सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077