Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पाँच वर्षअघि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

    पाँच वर्षअघि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 942
    SHARES

    काठमाडौं । पाँच वर्षअघि कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई  बलात्कार गरेको अभियोगमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

    तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।



    उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।



    पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार