Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

    १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.4K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । विद्यार्थी बलात्कारको आरोपमा बाँकेमा एक शिक्षकलाई पक्राउ गरिएको छ । नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावललाई प्रहरीले पक्राउ गरेको हो ।

    १७ वर्षीया छात्राले बलात्कार गरेको भनेर रावतविरूद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    ती छात्राले पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटकसम्म बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।



    छात्राले दिएको जाहेरीमा गत साउन २७ र २९ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले बलात्कार गरेको उल्लेख छ । पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिएर दोस्रो पटक २९ गते सोही होटलमा लगेर बलात्कार गरेको आरोप छात्राले लगाएकी छन् ।

    त्यसपछि पनि मंसिर १० गते रावलले आफूलाई बोलाएको र आउँदिन भन्दा भिडियो बाहिर ल्याइदिने धम्की दिएर सोहि दिन साँझ ५ बजेतिर उनकै कोठामा लगेर बलात्कार गरेको छात्राले जाहेरीमा उल्लेख गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार