Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पीडितकै कोठामा बलात्कार गरी फरार श्रेष्ठ पक्राउ

    पीडितकै कोठामा बलात्कार गरी फरार श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 549
    SHARES

    काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ ।

    २७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



    प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ ।



    घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार