Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आफूलाई डाक्टर भन्दै अश्लिल भिडियो देखाएर करणी गर्ने पक्राउ

    आफूलाई डाक्टर भन्दै अश्लिल भिडियो देखाएर करणी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.8K
    SHARES

    सांकेतिक तस्बिर

    मोरङ । इलाका प्रहरी कार्यालय पथरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एकजनालाई पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा मोरङ–पथरी शनिश्चरे नगरपालिका—१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साह पक्राउ परेका हुन् ।

    साहले १३ वर्षीया बालिकालाई घरमा अरु नभएको बेला अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गरेको खुलेको छ । पीडित बालिकाको परिवारसँग एउटै घरमा बस्दै आएका सप्तरीका साहविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।



    साहले आफूलाई आँखाको डाक्टर बताएका छन् । यद्यपी प्रहरीले भने अनुसन्धानपछि मात्र त्यसबारे यकिन हुने जनाएको छ । साहले आफूलाई मोबाइलमा अश्लिल भिडियो देखाएर जबरजस्ती करणी गरेको कुरा बालिकाले परिवारलाई सुनाएपछि उनीहरु प्रहरीसमक्ष पुगेका थिए ।



    प्रहरीमा जाहेरी परेपछि साहलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार