Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काँसघारीमा लगेर महिलामाथि बलात्कार गरेको अभियोगमा काँग्रेसका नेता पक्राउ

    काँसघारीमा लगेर महिलामाथि बलात्कार गरेको अभियोगमा काँग्रेसका नेता पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.2K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं । विवाहित महिलालाई करणी गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन्।



    उनीविरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि कुश्वाहालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।



    उनीमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ। कुश्वाहामाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार