Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन मेयरमा निर्वाचित भएको खुसियालीमा विजयी र्‍याली, यस्तो छ रुट

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन (बालेन्द्र) साहले शुक्रबार धन्यवाद सभा गर्दैछन् । विजयी र्‍याली बिहान साढे ६ बजे राष्ट्रिय सभागृहबाट सुरु हुनेछ ।

सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।

कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुने बताइएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारी दिएर महानगरको प्रमुख निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वीभन्दा सुरुदेखि नै निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077