Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी जग्गा बैना गरी ५ करोड ठगी, २ जना पक्राउ

काठमाडौं । प्रहरीले सरकारी जग्गा बैना गरी ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा भक्तपुरका ७२ बर्षीय केशव प्रसाद अधिकारी र ५८ बर्षीय ईश्‍वर गाईजु रहेका छन् ।

उनीहरुलाई भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरुले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई शुक्रबार पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077