Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

निजगढ विमानस्थल रोक्ने फैसला सर्वोच्चले पुनरावलोकन गरोस् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमाण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुखद भनी टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यो फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्ने बताए ।

सर्वोच्चको फैसला आकस्मिक रुपमा आएको भन्दै उनले जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएको र सोही आधारमा फैसला भएको टिप्पणी गरे ।

‘अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौ वर्षदेखि मेहनत गर्यौं, अर्बौ खर्च पनि भयो, अहिले बडो आकस्मिक लाग्ने गरी सर्वोच्चबाट त्यहाँ गर्न हुँदैन भन्ने फैसला आयो यो बडो अनौठो पनि र दुखद पनि लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077