Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बागमती प्रदेशको बजेट १६ जेठमा आउने

    बागमती प्रदेशको बजेट १६ जेठमा आउने

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 882
    SHARES

    काठमाडौं । बागमती प्रदेश सभामा प्रि बजेटमाथि सांसदहरूले गरेको टिप्पणीको जवाफ दिंदै आजको बैठक सकिएको छ । प्रदेश सभामा जेठ १६ मा आगामी आर्थिक वर्ष २०८९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।

    १६ जेठ दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो ।



    उक्त बैठकमा दलगत रुपमा सांसदहरुले सरकारले ल्याएको विनियोजन विधयकमाथि आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले जवाफ दिएका थिए ।



    मन्त्री जम्मरकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकताहरु तयार पारेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार