Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • खराब काम गरे कारबाही गर्छ

    नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न वर्षमान पुनको दिर्नेशन

    नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न वर्षमान पुनको दिर्नेशन

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 894
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न निर्देशन दिएका छन् ।

    पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले राम्रो काम गर्न निर्देशन दिएका हुन् । यदी जनताको अहितमा काम गर्ने र पार्टीलाई बदनाम गर्ने काम गरे जनप्रतिनिधिमाथि कारबाही गरिने समेत उनले चेतावनी दिएका छन् ।



    जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए। निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने उनको भनाइ थियो।



    २०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने पुनले बताए। आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिस्सीट्युरीमा नअल्झिन सुझाव दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार