Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा ट्वीनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उत्तरी जिल्ला मुस्ताङ्को जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सो विमानको उडेको १० मिनेटपछि नागरिक उड्ड्यन टावरसँग सम्पर्क विच्छेद भएको हो ।

उद्धार समन्वयका लागि एक टोली बनाई सम्पर्कविहीन विमानको खोजीका लागि कास्की, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा पर्ने क्षेत्रहरुमा तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077