Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नवनिर्वाचित प्रमुख बालेन र उपप्रमुख सुनिताले लिए नेपाल भाषाबाट शपथ

    नवनिर्वाचित प्रमुख बालेन र उपप्रमुख सुनिताले लिए नेपाल भाषाबाट शपथ

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह  र उपप्रमुख सुनिता डंगोलले नेवारी (नेपाल) भाषामा पनि शपथ लिएका छन्।

    सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिँदै गर्दा उनीहरूले नेवारी भाषाबाट पनि शपथ लिएका हुन्। सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए।



    मेयर बालेनले पहिलोपटक नेपाली भाषामा शपथ लिएर दोस्रोपटक नेवारी भाषाबाट शपथ लिएका थिए भने उपप्रमुख सुनिताले नेपाल भाषामा मात्रै शपथ लिएकी थिइन्।



    शपथग्रहणपश्चात् नवनिर्वाचित जनप्रतिनिधिहरूले आजै पदभार ग्रहण गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार