Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विवाह गर्ने प्रलोभन देखाई जबर्जस्ती करणी गर्ने ३ जना पक्राउ

वीरगञ्ज । विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

प्रहरीले मोरङको कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पक्राउ गरेको हो ।

उनीहरु तीनै जनाविरुद्ध जर्बजस्ती करणी र मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार ०७९ जेठ ५ गते सुरजले काठमाडौंमा बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बोलाएका थिए । सुरजले बसपार्कस्थित एक होटलमा लगेर पटक पटक करणी गरेपछि जेठ ९ गते २ सय रुपैयाँ दिएर काठमाडौं फर्किन भनेका पीडितले प्रहरी समक्ष बताएकी छन् ।

तर युवती नमानेपछि सुरजले वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालक लक्ष्मीको जिम्मा लगाएर आफू फरार भएका थिए । जेठ १० गते लक्ष्मीले ‘विवाह गर्छ’ भनी झुक्याई युवतीलाई हरिचन्द्रनाथ योगीको साथमा पठाएकी थिइन् ।

तर योगीले पनि जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । जेठ १४ गते राति युवती भागेर आफन्तको सम्पर्कमा पुगेकी थिइन् । आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077