Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तारा एयरको दुर्घटनामा परेको ट्विनअटरको ब्ल्याकबक्स भेटियो

    तारा एयरको दुर्घटनामा परेको ट्विनअटरको ब्ल्याकबक्स भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । मुस्ताङमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।

    दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो ।



    ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।



    यसैबीच हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार