Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

८ प्रतिशत आर्थिक वृद्धिदर असम्भव : पूर्व उपप्रधानमन्त्री पौडेल

काठमाडौं । पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताएका छन् । उनले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै देखिएको जानकारी दिएका हुन् ।

उनले आगामी मंसिरमा निर्वाचन गर्नैपर्ने बाध्यात्मक व्यवस्था रहेकाले त्यसअघि ल्याइएको बजेट चुनाव लक्षित भएको बताए ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटले बजेटको मर्ममाथि नै प्रहार गरेको उनको आरोप छ ।

यसका साथै, सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य समेत आधारहीन र असम्भव भएको पौडेलले बताए ।

बजेट र नीति तथा कार्यक्रम हेर्दा आर्थिक वृद्धिदरको लक्ष्य यथार्थपरक र सम्भाव्य हुनुपर्नेमा सरकारले क्षमताभन्दा बाहिर गएर लक्ष्य निर्धारण गरेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077