Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटाउन आपूर्ति मन्त्रालयलाई अर्थले पठायो पत्र

    पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटाउन आपूर्ति मन्त्रालयलाई अर्थले पठायो पत्र

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 885
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ ।

    मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो ।



    उसो त गत हप्ता मात्र मन्त्रिपरिषदको निर्णयले पेट्रोलियम पदार्थको मूल्य घटाउन पूर्वाधार शीर्षकको कर घटाउन सकिनेगरी अर्थलाई सहमति दिएको थियो ।



    योसँगै अब पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत मिल्ने भएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १८० रुपैयाँ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार