Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्न गृहकार्य गर्दै सरकार

    घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्न गृहकार्य गर्दै सरकार

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 432
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्धन गर्ने बताएका छन् । आज उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताएका हुन् ।

    ठूला उद्योगी हाबी नहुने गरी स–साना तथा घरेलु उद्योगको रूपमा घरेलु मदिराको बिक्री प्रवर्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ छ । उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्धनको व्यवस्था मिलाइने समेत बताए ।



    मन्त्री रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।



    मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने नीति लिएको छ । सोही अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरिएको थियो ।

    छलफलमा अर्थमन्त्री प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङकोसमेत उपस्थिति थियो । अर्थमन्त्री महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

    कानुनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्धनका लागि स्पष्ट कानुनप्रति संवेदनशील हुनुपर्ने बताए ।

    छलफलमा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की, वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थिति थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार